सञ्चालकीय विचार

महालेखा नियन्त्रक कार्यालयको सञ्चालकीय विचार 

महालेखा नियन्त्रक कार्यालय देहायको विचारधाराबाट सञ्चालित छ ।

) परिकल्पना (Vision) : लेखा उत्तरदायी सार्वजनिक निकाय 

अर्थात् -

  • आर्थिक अनुशासन स्थापित हुनेछ,
  • आन्तरिक नियन्त्रण प्रणाली स्वाचालित बन्नेछ,
  • सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धीमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र
  • लेखा उत्तरदायी सार्वजनिक निकायका प्रभावले समष्टिगत आर्थिक स्थायित्व कायम भई भरोसायोग्य अर्थतन्त्रको निर्माण हुनेछ ।

 

) ध्येय (Mission) : सुशासनका लागि राजकीय कोष सञ्चालन 

अर्थात् -

  • राजकीय कोषको दक्षतापूर्ण उपयोगका लागि सार्वजनिक निकायमा बजेट तर्जुमा, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली सञ्चालित हुनु पर्दछ,
  • विश्वसनीय, पारदर्शी र समयवद्ध वित्तीय प्रतिवेदन पेस गर्नु पर्दछ,
  • स्थापित प्रणालीहरूको निरन्तर स्तरोन्नती गरिनु पर्दछ र
  • लेखाका मानदण्ड एवं प्रक्रियाहरू नागरिक सेवा र सन्तुष्टिमा सहयोगी बन्नु पर्दछ।

 

) मूल्य (Values) : देहायका मूल्यहरू कार्यालयको मार्गदर्शक ज्योति हुन् 

  • इमान्दारी (Honesty)
  • स्वच्छता (Fairness)
  • वस्तुनिष्ठता (Objectivity)
  • आर्थिक अनुशासन (Fiscal Discipline)
  • पेसागत उत्कृष्टता (Professional excellence)