इतिहासको कुनै कालखण्डमा अरूको अधीनस्थ नभई स्वतन्त्र देश रहेर पनि नेपालमा वि.सं. २००७ सालमा आएर मात्र प्रजातन्त्रको अभ्युदय भएको हो । २००७ सालको क्रान्तिले १०४ वर्षे जहानियाँ राणा शासन सत्ता अन्त्य गरिदियो। तत्श्चात नेपालको विकासको कुरा सोच्न थालियो होला र सरकारको आर्थिक हिसाब किताब व्यवस्थित बनाउने विचार पनि सँगै आएको हुनुपर्दछ । प्रजातन्त्र पछिको एकै वर्षभित्र वि.सं. २००८ साल पुस १ गते नेपाल अधिराज्यको अर्थसम्बन्धी हिसाब किताब राख्ने र जाँच्ने काम गर्न महालेखापाल कार्यालयको स्थापना भयो । स्थापना कालको त्यस समयमा वर्तमान महालेखा परीक्षकले गरी आएको सबैजसो काम यसै कार्यालयले गर्ने गरेको थियो ।
सबै पढ्नुहोस