शाखागत कार्य

मानव स्राेत व्यवस्थापन महाशाखा

कर्मचारी प्रशासन शाखा (क र ख)

कार्यविवरण

  • लेखा समूहको कर्मचारीहरुको रिक्त पदहरुको पदपूर्ति सम्बन्धी कार्यहरू
  • नयाँ नियुक्ती र बढुवा भई आएका कर्मचारीहरुको पदस्थापन सम्बन्धी कार्यहरू,
  • लेखा समूहका कर्मचारीहरुको सरुवा तथा काज सम्बन्धी कार्यहरू,
  • लेखा समूहको दरबन्दी सिर्जना तथा व्यवस्थापन सम्बन्धी आन्तरिक र अन्य निकायलार्इ परामर्श दिने कार्यहरू,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत निकायहरुमा कार्यरत कर्मचारीहरुको घर विदा, अध्ययन विदा, असाधारण विदा, अनिवार्य अवकाश तथा स्वेच्छीक राजीनामा तथा विभागीय कारवाही सम्बन्धी कार्यहरू,
  • विभिन्न निकायाहरुमा रहेका लेखा समूहको दरबन्दीको लगत तथा सो दरबन्दीमा कार्यरत कर्मचारीहरुको व्यक्तिगत अभिलेख अद्यावधीक गर्ने कार्यहरू,
  • लेखा समूहका कर्मचारीहरुको कार्यसम्पादन मुल्याङ्कन सम्बन्धी कार्यहरू,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत कार्यरत कर्मचारीहरुलाई विभिन्न पुरस्कार तथा पदकका लागी सिफारीश सम्बन्धि कार्यहरू,
  • निजामति सेवा ऐन तथा नियमावलीअनुसार विभागीय स्वीकृत दिने सम्बन्धी कार्यहरू,
  • संगठन व्यवस्थापन सर्वेक्षण समितिको बैठक आयोजना गर्ने, संगठन व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गर्ने, स्वीकृत भएपछि कार्यान्वयनका लागी सम्वन्धित निकायमा लेखी पठाउने।  

 

आन्तरिक तथा आर्थिक प्रशासन शाखा

कार्यविवरण

आर्थिक प्रशासन सम्बन्धी

  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतको आर्थिक प्रशासनको सञ्चालन गर्ने,
  • कारोवारको लेखा राख्ने र सो को अभिलेखको व्यवस्थापन गर्ने,
  • सबै प्रकारका कारोवारको निर्धारित ढाँचामा मासिक तथा बार्षिक आर्थिक विवरण तयार गर्ने,
  • सम्बद्ध निकायमा आवधिक, नियमित तथा पटके प्रतिवेदन गर्ने,
  • आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत कार्यालयहरुको बजेट तयार गर्ने गराउने, छलफल गर्ने,
  • अन्तर्गतका कार्यालयहरूको बजेट बाँडफाँड तथा खर्च गर्ने अख्तियारी तयार गर्ने,
  • आवश्यकता अनुसार थप बजेट र निकासा प्राप्त गरी बाडफाँड गर्ने,
  • अन्तगर्तका कार्यालयहरूको आर्थिक प्रशासन सञ्चालनको अनुगमन गर्ने,
  • अन्तराष्ट्रिय संघ संस्थाको सदस्यता शुल्क भुक्तानी गर्ने गराउने,
  • बेरुजुको लगत राख्ने, संपरीक्षण, फर्छ्यौट र प्रतिवेदन गर्ने,
  • मातहतका कार्यालयहरुको घरभाडा वृद्धिको सहमति सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको सञ्चालन सँग सम्बन्धित अन्य आवश्यक आर्थिक कार्यहरू गर्ने ।

 

आन्तरिक प्रशासन सम्बन्धी

  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गत पदस्थापना भएका कर्मचारीलार्इ कार्यविवरण सहित जिम्मेवारी तोक्ने,
  • महालेखा नियन्त्रक कार्यालयबाट सरुवा भएका कर्मचारीहरूलार्इ रमाना दिने,
  • महालेखा नियन्त्रक कार्यालयमा कार्यरत तथा काजमा रहेका कर्मचारीहरुको व्यक्तिगत विवरण अद्यावधिक गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयमा कार्यरत कर्मचारीहरुको हाजिरी र विदा तथा काजको रेकर्ड राख्ने,
  • सेमिनार, गोष्ठी तथा बैठकको लागी प्राप्त पत्रको आधारमा मनोनयन गर्ने,
  • कर्मचारीको अर्धवार्षिक तथा वार्षिक कार्य सम्पादन मुल्यांकन फारामको बितरण तथा सकंलन गर्ने,
  • सम्पत्ति विवरणको फाराम संकलन तथा निजामती किताबखानामा पठार्इ रेकर्ड राख्ने,
  • कार्यालय सञ्चालन सम्बन्धी मालसामान खरिद तथा भुक्तानी व्यवस्था गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयबाट अन्तर्गतका कार्यालयहरूमा हस्तान्तरण हुने पूँजीगत प्रकृतिका सामानहरूको हस्तान्तरण गर्ने गराउने,
  • महालेखा नियन्त्रक कार्यालयको जिन्सी निरिक्षण गर्ने गराउने,
  • नियमानुसार पुरानो कागजात धुल्याउने, लिलाम बिक्री गर्ने व्यवस्था मिलाउने,
  • महालेखा नियन्त्रक कार्यालय तथा मातहतको कार्यालयको लागि आवश्यक जग्गा प्राप्ति सम्बन्धी कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय तथा मातहत कार्यालका नाममा रहेको घरजग्गा अन्य निकायलार्इ हस्तान्तरण सम्बन्धी कार्य गर्ने,
  • कार्यालयको लागि आवश्यक भौतिक तथा जिन्सी सामान र सुविधाको व्यवस्थापन गर्ने,
  • कार्यालयको सुरक्षा व्यवस्था, सफाई, खानेपानी तथा उत्सब समारोह प्रबन्ध, बगैंचा व्यवस्थापन आदि कार्य गर्ने,
  • मध्यम तथा उच्च नेतृत्वको (Policy Coordination Committee) बैठक व्यवस्थापन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयमा हुने अन्य आन्तरिक वैठकहरु व्यवस्थापन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको शाखागत तथा पदगत कार्यविवण तयार गरी स्वीकृत गराउने र अद्यावधिक गर्ने,
  • सवारी सुविधा प्राप्त अधिकारी तथा अन्य कर्मचारीलाई पुल सवारी साधन व्यवस्थापन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको वार्षिक तथा आवधिक प्रगति विवरण तयार गर्ने,
  • सूचना अधिकारीको काम गर्ने,
  • विभिन्न निकायवाट माग भए अनुसारका विवरण उपलव्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र मातहत कार्यालयहरूको भौतिक सम्पत्तीको अद्यावधिक अभिलेख राख्ने ।

 

मानव स्रोत विकास, लेखा सुदृढीकरण तथा योजना शाखा

कार्यविवरण

मानव संशाधन विकास सम्बन्धी

  • जनशक्ति विकासका लागि आवश्यक तालिम पहिचान,तालिमको विवरण तयारी, तालिम आवश्यकता पहिचान र त्यस्तो तालिममा उपयुक्त जनशक्तिको मनोनयन,
  • आन्तरिक तथा बाह्य तालिम, वृत्ती विकास तथा अन्य अवसरहरूका लागि कमर्चारी मनोनयन र सिफारिस,
  • महालेखा नियन्त्रक कार्यालयका विभिन्न शाखाहरू तथा अन्य तालिम संस्थाबाट संचालन हुने तालिमहरूबीच समन्वय,
  • आर्थिक प्रशासन र वित्तीय व्यवस्थापनमा सुधार गर्नु पर्ने विषयहरुको विवरण तयार गरी सम्वन्धित निकायमा पठाउने,
  • वित्तीय प्रतिवेदनहरु अध्ययन गरी सम्वन्धित केन्द्रिय निकाय र मन्त्रालयहरुलाई सुझाव दिने,
  • क्षमता विकास सम्बन्धि तालिम, गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम तर्जुमा र कार्यान्वयन गर्ने,
  • लेखा समूहका जनशक्तिको सूची (Inventory) तयार गरी उपयुक्त जनशक्तिलार्इ तालिम, प्रशिक्षण लगायत अन्य उपयुक्त जिम्मेवारी निर्वाह गर्न परिचालन योजना बनाउने,
  • कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता सम्बन्धी कार्यहरू गर्ने गराउने,
  • आवश्यकताअनुसार जनशक्ति विकासका अन्य कार्यहरू गर्ने ।

योजना, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी

  • महालेखा नियन्त्रक कार्यालयको र अन्तर्गतको वार्षिक योजना तथा प्रणाली सम्बन्धी कार्ययोजना र मासिक, चौमासिक, वार्षिक प्रगति विवरण तयार गर्ने,
  • योजना तर्जुमा तथा वार्षिक समीक्षा गोष्ठीहरूको सञ्चालन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको योजनासम्बन्धी अन्य कार्यहरू गर्ने,
  • सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित अन्तराष्ट्रिय संघ संस्थासँग सम्बन्धित विषय,
  • प्रदेश लेखा नियन्त्रक कार्यालय, महालेखा नियन्त्रक कार्यालयका प्रदेशमा रहने इकार्इ तथा कोलेनिकाहरुको कार्यसम्पादनको अनुगमन र निरीक्षण गर्ने,
  • कार्यालयहरूको कार्यसम्पादन स्तरको मापन तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता तथा अन्य सुविधा सहुलियत सम्बन्धी कार्यहरू गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय मातहत कुनै कार्यालयमा कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणाली लागू भएको भए त्यस्तो प्रणालीको अनुगमन तथा मूल्यांकन गर्ने,
  • सार्वजनिक स्रोत परिचालन गर्ने सरकारी निकायहरुमा भएको आर्थिक कारोवारगतिविधिको निरीक्षण गर्ने,
  • विभिन्न किताबखानाहरू सँग समन्वय गरी कोलेनिकाहरूबाट पारित गर्नुपर्ने तलबी प्रतिवेदन सम्बन्धी कार्यविधि निर्माण र कार्यान्वयन गराउने,
  • बजेट कार्यान्वयनका तथा आर्थिक कार्यप्रणालीका विषयमा अनुगमनबाट प्राप्त नतिजा विश्लेषण गरी महालेखा नियन्त्रक कार्यालय र अन्य निकायलार्इ प्रतिवेदन गर्ने,
  • अनुगमन मूल्यांकनको वार्षिक प्रतिवेदन तयार गर्ने ।

 

कानुन, राय तथा परामर्श शाखा

कार्यविवरण

  • आर्थिक कार्यविधि सम्बन्धी ऐन तथा नियमको कार्यान्वयनका सम्बन्धमा माग भई आएका बिषयमा राय परामर्श उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तगर्तका निकायलाई प्रतिवादी बनाई दायर भएका मुद्दामा लिखित जवाफ तयार गरी महान्यायाधिवक्ता कार्यालय मार्फत पेश गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयका विभिन्न पदाधिकारी तथा शाखाहरूबाट सम्पादन हुने कार्यमा समाविष्ट कानूनी बिषयमा आवश्यकताअनुसार राय परामर्श उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतबाट तर्जुमा हुने कानुन, निर्देशिका तथा दिग्दर्शन आदिमा कानुनी पक्षबाट सम्पादन गर्नुपर्ने कार्य गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको कानुनी रूपमा प्रतिनिधित्व गर्नुपर्नेमा प्रतिनिधित्व गर्ने आदि ।

 

काेष व्यवस्थापन तथा सुचना प्रविधि महाशाखा

कोष व्यवस्थापन तथा प्रणाली विकास शाखा

कार्यविवरण :

  • संघीय सञ्चित कोषको सञ्चालन गर्ने
  • संघ, प्रदेश तथा स्थानीय सञ्चित कोषको सञ्चालनका लागि आवश्यक प्रक्रिया तथा कार्यविधिको विकास गर्ने,
  • सञ्चित कोषका सम्बद्ध खाताहरू आवश्यकता अनुसार खोली सञ्चालन गर्ने,
  • वैदेशिक सहायता प्राप्ति सम्बन्धी सम्झौताका मस्यौदामा सम्बन्धित निकाय र अर्थमन्त्रालयबाट राय माग भएमा कोष व्यवस्थापन सम्बन्धमा आवश्यक राय  दिने,
  • विभिन्न निकायको माग अनुसार निम्न प्रकारका खाता खोल्न स्वीकृति दिने,
  • ख (४) विशेष ऋण खाता र सहायता खाता
  • ख (५) विशेष अनुदान खाता,
  • ख (६) कार्य सञ्चालनकोष खाता र अन्य खाता
  • सरकारी कारोवार गर्ने बैंकहरू तोक्ने,
  • सञ्चित कोषको सञ्चालनका लागि नेपाल राष्ट्र बैंकलार्इ आवश्यक निर्देशन दिने,
  • राजश्व, शोधभर्ना प्राप्त रकम, बेरूजु दाखिला लगायतका रकम सञ्चित कोष खातामा ट्रान्सफर गर्ने,
  • निकासा भर्इ खर्च लेखिएको रकम सञ्चित कोष खाताबाट खर्च लेख्ने,
  • आवधिक रूपमा कोषको अवस्था (Treasury Position) तयार गर्ने,
  • सञ्चित कोषको लेखा ढाँचा तयार गरी स्वीकृत गराउने,
  • सञ्चित कोषको वार्षिक विवरण तयार गरी महालेखा परीक्षक कार्यालयमा पठाउने, लेखापरीक्षण गराउने र प्राप्त सुझाव कार्यान्वयन गर्ने गराउने,
  • एकल खाता कोष प्रणाली, राजस्व व्यवस्थापन सूचना प्रणाली तथा अन्य कोष सञ्चालन सम्बन्धी प्रणाली सञ्चालनमा नीतिगत समन्वयका कार्यहरू गर्ने,
  • कोष प्रशासनका लागि आवश्यक प्रणाली विकास गर्ने गराउने,
  • एकल खाता कोष सम्वन्धि नीति, निर्देशिका परिमार्जन गरी समयानुकुल बनाउने,
  • प्रदेश तथा स्थानीय सञ्चित कोषको सञ्चालनका लागि आवश्यक मार्गदर्शन गर्ने तथा सञ्चित कोषको संचालनका सम्बन्धमा परामर्श उपलब्ध गराउने,
  • कोष सञ्चालन तथा बैंकिङ्ग व्यवस्थापनका क्षेत्रमा आवश्यक अध्ययन अनुसन्धान गर्ने गराउने,
  • नेपाल सरकारको कोष सञ्चालनका सम्बन्धमा तोकिएका अन्य कार्यहरू गर्ने गराउने ।

नगद अनुदान कार्यान्वन सम्बन्धी

  • विभिन्न दातृ निकायबाट प्राप्त नगद अनुदान सहायता रकमको श्रोतगत तथा कार्यक्रमगत अभिलेख राख्ने,
  • नगद अनुदान र नगद ऋण श्रोततर्फको मासिक प्रतिवेदन तयार गर्ने।
  • वैदेशिक सहायतामा नगद अनुदान र नगद ऋण श्रोतमा भएको खर्च रकम सञ्चित कोष खातामा ट्रान्सफर गर्ने ।
  • वैदेशिक सहायता, नगद अनुदान र नगद ऋण श्रोतको बजेट निकासा फुकुवा गर्ने ।

 

प्रणाली विकास सम्बन्धी कार्यविवरणः

  • महालेखा नियन्त्रक कार्यालयको कार्यहरु प्रभावकारी संचालन गर्न गर्नु पर्ने प्रणाली विकास सम्बन्धी कार्य गर्ने,
  • सन्चालनमा आइरहेका प्रणालिहरुमा सुधार सम्बन्धी कार्य गर्ने,
  • प्रणालीहरु Business process, Source Code लगायत प्रणालीसँग सम्बन्धी Documentation गरी सुरक्षित राख्ने,
  • सवै शाखाका विद्युतीय फाईलहरु, अभिलेखहरु सुरक्षित राख्ने,
  • कार्यलयको Automation सम्बन्धी कार्य गर्ने.
  • विद्युतीय प्रणाली विकास,अभिलेख तथा समन्वय सम्बन्धी सवै कार्य गर्ने।

 

सूचना प्रविधि शाखा

कार्यविवरण

  • महालेखा नियन्त्रक कार्यालयको सूचना प्रविधि नीतिको कार्यान्वयन गर्ने,
  • सार्वजनिक वित्तीय व्यवस्थापनका लागि आवश्यक प्रणालीहरू (TSA, RMIS, CGAS, FMIS, अन्य) को विकास गर्ने,
  • विकास भईसकेका प्रणालीहरूको सुधार तथा परिमार्जन सम्बन्धी कार्यहरू गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयको सूचना प्रविधि प्रणाली सञ्चालनका लागि Data Center सञ्चालन गर्ने, सर्भर तथा अन्य हार्डवेयर व्यवस्थापन गर्ने,
  • डाटा सेन्टरको व्यापअप, रिकभरी सेन्टर, Data security management and system monitoring सम्बन्धी कार्यहरू गर्ने,
  • नेटवर्किङ (इन्ट्रानेट, नेटवर्किङ, इन्टरनेट), वाइफाइको कनेक्टिभिटी, सिसिटिभी आदिको व्यवस्थापन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायको वेभसाइट तथा इमेल व्यवस्थापन,
  • गुनासो व्यवस्थापन प्रणालीको विश्लेषण गरी प्राप्त गुनासा तथा सुझावहरुको वर्गिकरण र संप्रेषण गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालित विभिन्न प्रणाली सञ्चालनमा आइपर्ने समस्याहरुको समाधान गर्ने,
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायमा सूचना प्रविधि सम्बन्धी हार्डवेयर तथा सफ्टवेयर सपोर्ट गर्ने,
  • केन्द्र, क्षेत्र तथा जिल्लामा सूचना प्रविधिसँग सम्बन्धित तालिम सञ्चालन गर्ने,
  • क्षेत्रीय Hub कोलेनिकामा काम गर्ने टेक्निसियनहरुको कामको अनुगमन गर्ने,
  • महालेखा नियन्त्रक कार्यालयभित्रको हार्डवेयर एवं सफ्टवेयर सम्बद्ध खरिदका लागि प्राविधिक विशेषज्ञ सेवा दिने,
  • सूचना प्रविधि सम्बन्धी उपकरण तथा प्रणालीको मर्मत सम्भार सम्बन्धी कार्य गर्ने,
  • सूचना प्रविधिको विकास र प्रयोग सम्बन्धमा आवश्यक अध्ययन अनुसन्धान गर्ने,
  • सूचना प्रविधि सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने गराउने,
  • सूचना प्रविधिसम्बन्धी अन्य आवश्यक कार्यहरू गर्ने ।

 

वित्तीय प्रतिवेदन तथा प्रकाशन शाखा

कार्यविवरण

  • अन्तरार्ष्ट्रिय मुद्रा कोष, नेपाल राष्ट्र बैंक र अन्य निकायसँग नेपाल सरकारको वित्तीय प्रतिवेदन प्रणाली सम्बन्धी कार्यको सम्पर्क शाखाको कार्य गर्ने,
  • विनियोजन, राजस्व, धरौटी, कार्यसञ्चालन कोष तथा अन्य सरकारी कोष, सोझै भुक्तानी, वस्तुगत सहायता र अन्य कारोवारको निम्नानुसार हिसाब भिडान सम्बन्धी कार्य गर्नेः
  • संघ, प्रदेश तथा स्थानीय सञ्चित कोषको एकीकृत वित्तीय विवरण प्राप्ती, समायोजन र हिसाब भिडान सम्बन्धी कार्य गर्ने,
  • आर्थिक विवरण तयारी गर्न आवश्यक तथ्यांक तथा प्रतिवेदनहरु सम्बन्धित प्रदेश लेखा नियन्त्रक कार्यालय, कोलेनिका तथा स्थानीय तहबाट प्राप्त गर्ने र भिडान गर्ने,
  • संघीय सरकारका केन्द्रीय इकाइहरूबाट ती निकाय अन्तर्गतको एकीकृत वित्तीय प्रतिवेदन प्राप्त गर्ने र भिडान गर्ने,
  • प्राप्त विवरण तथा प्रतिवेदनहरुको जांच गरी त्रुटी पाइए सुधार समेत गर्ने गराउने,
  • एकीकृत वित्तीय विवरण वार्षिक रुपमा तयार गरी महालेखा परीक्षक समक्ष पेश गर्ने,
  • एकीकृत वित्तीय विवरण उपर महालेखा परीक्षकको लेखापरीक्षण सुझावको कार्यान्वयन गर्ने गराउने,
  • Consolidated Financial Statement तयारी र प्रकाशन गर्ने ।
  • महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतको कार्यसम्पादनसँग सम्बन्धित सूचना तथा तथ्यांक संकलन गर्ने,
  • संकलित तथ्यांकको विश्लेषण र तुलनात्मक अध्ययन गरी प्रतिवेदन तयारी र प्रकाशन गर्ने,
  • शाखाबाट विश्लेषित तथ्यांक तथा अन्य प्रतिवेदन सम्बन्धित सरोकारवालाहरूलार्इ उपलब्ध गराउने,
  • तथ्यांक विश्लेषण तथा सूचना प्रवाहका सम्बन्धमा अध्ययन गरी आवश्यक प्रणाली विकास समन्वय र सरोकारवालाहरूलार्इ सहज रूपमा प्रयोग गर्न सक्ने पहुँच दिने,
  • समष्टिगत आर्थिक विश्लेषणका लागि महालेखा नियन्त्रक कार्यालयले उपलब्ध गराउनुपर्ने विवरण तथा प्रतिवेदनहरू उपलब्ध गराउने,
  • नीति निर्माणमा संलग्न निकाय तथा अधिकारीहरूलार्इ निर्णय लिन सहयोग पुग्ने गरी विश्लेषणात्मक सूचना तथा प्रतिवेदनहरू उपलब्ध गराउने,
  • अर्थ मन्त्रालय (आर्थिक सर्वेक्षण, संशोधित अनुमान) तथा अन्य सरोकारवाला निकायहरुबाट माग भए अनुसारका विवरणहरु उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालय बाहिरका सरकारी निकाय, नेपाल राष्ट्र बैंक तथा अन्य दाता निकायलाई माग बमोजिमको नमुनामा तथ्यांक उपलब्ध गराउने,
  • महालेखा नियन्त्रक कार्यालयको तथ्यांक विश्लेषण तथा सूचना प्रकाशन सम्बन्धी विभिन्न कार्यक्रममा सहभागिता तथा विभिन्न निकायमा प्रतिनिधित्व गर्ने गराउने,
  • महालेखा नियन्त्रक कार्यालयको आन्तरिक प्रकाशन गर्नुपर्ने प्रकाशनको समन्वय तथा प्रकाशन सम्बन्धी कार्य गर्ने,
  • वित्तीय तथ्याङ्क विश्‍लेषण गर्ने प्रतिवेदन गर्ने ।

 

अन्तर सरकारी वित्त समन्वय शाखा

  • तीन तहका सरकारहरुको अन्तर सरकारी वित्त व्यवस्थापन समन्वयको कार्य गर्ने,
  • प्रदेश लेखा नियन्त्रक कार्यालयसँग समन्वय गर्ने,
  • प्रदेश कोष तथा राजस्व व्यवस्थापन प्रणाली (PTSA/ PRMIS) संचालनमा सहयोग गर्ने,
  • स्थानीय तह कोष व्यवस्थापन प्रणाली (सुत्र) संचालनमा सहयोग र सहजिकरणको कार्य गर्ने,
  • विभाज्य कोषको संचालन सम्बन्धी कार्य गर्ने,
  • प्रदेश तथा स्थानीय तहको वित्तीय प्रतिवेदन तयार गर्न समन्वय र सहजीकरण गर्ने,
  • स्थानीय तह कोष व्यवस्थापन प्रणाली र प्रदेश TSA र RMIS संचालनमा सहयोग र सहजीकरण गर्ने,
  • अन्तर सरकारी वित्त परिषद्‌का निर्णय कार्यान्वयनमा सहजीकरण र समन्वय गर्ने ।

 

बजेट, आन्तरिक लेखापरीक्षण, सम्पत्ती तथा दायित्व व्यवस्थापन महाशाखा

बजेट कार्यान्वयन तथा शोधभर्ना शाखा

कार्यविवरण

बजेट कार्यान्वयन सम्बन्धी

  • संघीय सरकारको स्वीकृत बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयबाट जारी गर्नुपर्ने निर्देशन तयारी, स्वीकृति र कार्यान्वयन गराउने,
  • बजेट कार्यान्वयनका लागि आवश्यक प्रणाली विकास र सञ्चालन सहजीकरण गर्ने,
  • रकमान्तर, स्रोतान्तर तथा भैपरी रकमको बाँडफाँड कार्यान्वयन व्यवस्था गर्ने,
  • बजेट कार्यान्वयनमा रहेका द्विविधा स्पष्ट गर्ने/गराउने,
  • बजेट कार्यान्वयनका क्रममा देखिएका बेमेल तथा अन्य कैफियतहरू मिलान गराउने,
  • अर्थ मन्त्रालयबाट आदेश लिई अर्थ बजेट निकासाको व्यबस्था मिलाउने,
  • बहालवाला कर्मचारीहरुको औषधोपचार रकम निकासा दिने,
  • सेवा निबृत्त कर्मचारीहरुको सुविधा रकम निकासा कार्यान्वयनको लागि आदेश दिने,
  • घर भाडा बृद्धिको सहमति सम्बन्धी कार्य गर्ने,
  • अर्थ मन्त्रालयबाट प्राप्त पटके निकासा कार्यान्वयनको लागि निर्देशन दिने  ।

शोधभर्ना सम्बन्धी

  • दातृसंस्थाबाट शोधभर्ना हुने गरी नेपाल सरकारको स्रोतबाट भएको खर्च र शोधभर्ना प्राप्तिको आयोजनागत अभिलेख राख्ने,
  • आयोजनाहरुबाट दातृ संस्थामा पेश गर्नुपर्ने लेखापरीक्षण नभएको तथा लेखापरीक्षण भएको आयोजना लेखा तथा वित्तीय विवरण जाँच, सिफारिस र अभिलेख सम्बन्धी कार्य गर्ने,
  • नेपाल सरकारको शोधभर्ना हुने केन्द्रीय ऋण तथा अनुदान खाताको सञ्चालन गरी सञ्चित कोषमा रकम ट्रान्सफर गर्ने,
  • नेपाल राष्ट बैंकमा रहेका विशेष तथा ईम्प्रेष्ट खाताहरुको आम्दानी खर्च रकमको विवरण तयारी गर्ने,
  • सम्बन्धित आयोजनाहरूले विशेष/ईम्प्रेष्ट खाताबाट नेपाल सरकारको खातामा रकम ट्रान्सफर गरे नगरेको वा सम्बन्धित दातृ संस्थासंग शोधभर्ना माग गरे नगरेको अनुगमन गर्ने,
  • शोधभर्ना हुने ऋण तथा अनुदानको निकासा फुकुवा सिफारिस गर्ने,
  • केन्द्रीय ऋण खाता (क ७-१५) र केन्द्रीय अनुदान खाता (क ७-१७) मा जम्मा रकमको विवरण अद्यावधिक गर्ने,
  • शोधभर्ना हुने गरी निकासा भएको रकम, शोधभर्ना भएको खर्च र प्राप्तिको अभिलेख, हिसाब मिलान र समायोजन गर्ने,
  • शोधभर्ना प्राप्त हुन नसकी अर्थ मन्त्रालयबाट श्रोत परिवर्तन भएको रकमको हिसाब समायोजन गर्ने,
  • शोधभर्ना प्राप्त हुनुपर्ने रकम समयमै नेपाल सरकारको खातामा ट्रान्सफर गर्न वा दातृ संस्थासंग शोधभर्ना माग गर्न सम्बन्धित आयोजनालार्इ ताकेता गर्ने,
  • शोधभर्ना प्राप्त हुने गरी कुनै संस्थाले आफ्नै आन्तरिक श्रोतबाट खर्च गरेको रकम शोधभर्ना प्राप्त भएमा हिसाब भिडान गरी स्वीकृत बजेटबाट सम्बन्धित संस्थालाई फिर्ता दिने व्यवस्था मिलाउने,
  • शोधभर्ना हुने प्राप्ति र खर्च रकम (ऋण तथा अनुदान) को वार्षिक आर्थिक विवरण तयारी र महालेखा परीक्षकको कार्यालयमा पेश गर्ने,
  • शोधभर्ना हिसाबको लेखापरीक्षण गराउने, लेखापरीक्षणबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने,
  • शोधभर्ना प्राप्ती, हिसाब मिलान तथा सम्बन्धित अन्य कार्यमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने ।

 

आन्तरिक लेखापरीक्षण शाखा

कार्यविवरण

  • संघ, प्रदेश तथा स्थानीय तहको आन्तरिक लेखापरीक्षण सम्बन्धी नीति तर्जुमा गर्ने,
  • आन्तरिक लेखापरीक्षण निर्देशिका विकास र कार्यान्वयन गर्ने,
  • आन्तरिक लेखापरीक्षण सम्बन्धी कार्यविधि तयारी र कार्यान्वयन गर्ने,
  • आन्तरिक लेखापरीक्षणका लागि छुट्टै संरचना तथा जनशक्ती विकास गर्ने,
  • आन्तरिक लेखापरीक्षणको कार्य सम्पादन गर्ने गराउने,
  • लेखापरीक्षणका लागि जनशक्तिको क्षमता विकास तथा जोखिम पहिचान सम्बन्धी तालिम तर्जुमा र सञ्चालन गर्ने,
  • आन्तरिक लेखापरीक्षणका लागि उपयुक्त विद्युतीय प्रणाली (सफ्टवेयर) विकास गर्ने र लागू गर्ने,
  • आन्तरिक लेखापरीक्षण तथा सो को प्रतिवेदनको कार्यान्वयनको स्थलगत अनुगमन÷निरीक्षण गर्ने,
  • संघीय सरकारको आर्थिक कारोवारको आन्तरिक लेखापरीक्षण गर्ने गराउने,
  • आन्तरिक लेखापरीक्षणको एकीकृत प्रतिवेदन तयारी र प्रकाशन गर्ने,
  • आन्तरिक नियन्त्रण दिग्दर्शन तथा निर्देशिकाको निर्माण तथा प्रयोग गर्ने गराउने,
  • नेपाल सरकारको आन्तरिक नियन्त्रण पद्धति सम्बन्धि स्थितिपत्र (Status paper) तयार गर्ने,
  • आन्तरिक नियन्त्रण प्रणाली र वेरुजु फर्छयौटको स्थितिको निरिक्षण अनुगमन गर्ने,
  • आन्तरिक नियन्त्रण र लेखापरीक्षणको प्रभावकारिता लगायतका विषयमा अध्ययन अनुसन्धान गर्ने गराउने,
  • विभिन्न निकायमा रहेका लेखापरीक्षण समितिमा प्रतिनिधित्व गर्ने गराउने ।

 

सार्वजनिक सम्पत्ती तथा दायित्व व्यवस्थापन शाखा

कार्यविवरण

  • नेपाल सरकारको स्थिर सम्पतिहरूको एकीकृत लगत तयार गर्ने,
  • सम्पत्तीको लेखांकनका प्रणालीमा सुधार गरी प्रोदभावी लेखा प्रणाली लागू गर्ने आधार तयार गर्ने,
  • जिन्सी व्यवस्थापन तथा सुधार सम्बन्धी नीति तर्जुमा गर्ने,
  • सार्वजनिक सम्पत्तीको प्राप्ति, उपयोग तथा व्यवस्थापनका लागि विभिन्न निकायमा महालेखा नियन्त्रक कार्यालयको प्रतिनिधित्व गर्ने,
  • सरकारी निकायको जिन्सी निरिक्षण गर्ने,
  • लिलाम कार्यको व्यवस्थापनको लागि निर्देशिका तर्जुमा गर्ने,
  • सवै प्रकारका सरकारी सम्पत्तीको लिलाम, मिन्हा तथा व्यवस्थापन सम्बद्ध अन्य कार्यहरू,
  • सम्पत्तीको लेखांकन तथा उपयोग व्यवस्थित गर्न आवश्यक सफ्टवेयरहरूको विकास गर्ने,
  • नेपाल सरकारको निवृत्तभरण दायित्वको व्यवस्थापन सम्बन्धी कार्य गर्ने गराउने,
  • उठ्न बाँकी सरकारी बाँकी बक्यौता असूल उपर सम्बन्धी कार्य  गर्ने गराउने,
  • राज्यवाट प्रवाह हुने सामाजिक सुरक्षा, वैयक्तिक अनुदान हस्तान्तरण जस्ता कार्य गर्ने गराउने,
  • निवृत्तभरण व्यवस्थापन कार्यालय, कुमारीचोक तथा केन्द्रीय तहशील कार्यालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालय सम्बन्धी कार्यहरू गर्ने,
  • सरकारी सम्पत्ति तथा दायित्व सम्बन्धी अभिलेख र प्रतिवेदन,
  • सरकारी खर्च तथा वित्तीय उत्तरदायित्व सचिवालय सँग सम्बन्धित कार्य ।

 

ऋण तथा लगानी शाखा

  • कार्यविवरण

    ऋणसम्बन्धी

    • नेपाल सरकारको सार्वजनिक ऋणको लेखांकन गर्ने तथा अभिलेख राख्ने,
    • नेपाल सरकारको वार्षिक बजेट अनुरूप आवश्यक पर्ने आन्तरिक ऋण उठाउने सम्बन्धमा नीतिगत निर्णय गरी सो को व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकलार्इ निर्देशन गर्ने,
    • प्रत्येक ऋणको भुक्तानी तालिका, भुक्तानी विधि, समय लगायतको सिलसिलेवार विस्तृत विवरण तयार गर्ने,
    • वैदेशिक तथा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानीका लागि बजेट तर्जुमा गर्ने,
    • वैदेशिक तथा आन्तरिक ऋणको साँवा ब्याज भुक्तानी गर्ने,
    • ऋणको साँवा व्याज भुक्तानी लगायतका कार्य गर्न बैंकिङ्ग व्यवस्थापन गर्ने,
    • ऋण भुक्तानीको लागि नेपाल राष्ट्र बैंकलार्इ आवश्यक निर्देशन दिने र भुक्तानी भएको रकमको शोधभर्ना उपलब्ध गराउने,
    • वैदेशिक ऋण सहयोग अन्तर्गत दातृ संस्था तथा राष्ट्र सँग भएको सम्झौताहरुको अभिलेख राख्ने,
    • वैदेशिक अनुदान तथा वस्तुगत सहायताको विवरण प्राप्त गरी लेखांकन तथा प्रतिवेदन गर्ने,
    • ऋण सम्झौता अनुसार आयोजना लेखा तयार गर्नु पर्ने कर्तव्य भएका आयोजनाहरुबाट तयार गरिएको आयोजना लेखा र कार्यालयको ऋण अभिलेख भिडान तथा हिसाब मिलान सम्बन्धी कार्य गर्ने,
    • प्रदेश तथा स्थानीय सरकारले लिने वैदेशिक ऋणको सहजिकरण, अभिलेख तथा भुक्तानी व्यवस्था मिलाउने,
    • प्रदेश तथा स्थानीय सरकारलार्इ वैदेशिक तथा आन्तरिक ऋण लिने सम्बन्धमा आवश्यक मार्गदर्शन र सहयोग उपलब्ध गराउने,
    • नेपाल सरकार जमानत बसी प्रदेश सरकार तथा स्थानीय सरकारका लागि कुनै ऋण लिनुपर्ने भए सो को अभिलेख राख्ने तथा सो सम्बन्धी अन्य कार्य गर्ने,
    • नेपाल सरकार जमानत बसी कुनै सार्वजनिक संस्थान वा संस्थामा प्रवाह भएको वैदेशिक तथा आन्तरिक ऋणको विवरण तयार गरी राख्ने,
    • वैदेशिक दातृ संस्था तथा सरकारसँगको सम्झौता अनुसार छुट्टा छुट्टै अभिलेख राखी सम्झौता तथा आवश्यकता अनुसारका प्रतिवेदनहरू गर्ने,
    • समय समयमा दातृ संस्थाहरु तथा राष्ट्रहरुबाट वैदेशिक ऋणको तथा नेपाल राष्ट्र वैंकवाट आन्तरिक ऋणको स्टेटमेण्टहरु प्राप्त गरी हिसाब भिडान गर्ने,
    • नेपाल सरकारको लेखा प्रणाली अनुरुप मासिक तथा वार्षिक प्रतिवेदन (खर्चको फाँटवारी, आर्थिक विवरण तयार गर्ने),
    • सार्वजनिक ऋण सम्बन्धी सूचना, प्रतिवेदन तथा अन्य सान्दर्भिक जानकारीहरू अद्यावधिक गरी प्रकाशन प्रशारण गर्ने,
    • नेपाल सरकार,अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकलार्इ सार्वजनिक ऋण व्यवस्थापन सम्बन्धी आवश्यक प्रतिवेदन गरी नीतिगत तथा कार्यक्रमगत रूपमा गर्नुपर्ने सुधारका सुझाव पेश गर्ने,
    • गरी नेपाल सरकारको ऋण दायित्वको त्रैमासिक तथा वार्षिक प्रतिवेदन तयार गरी वेबसाइटमा प्रकाशन गर्ने,
    • सार्वजनिक ऋण सम्बन्धी कारोवारको आन्तरिक तथा अन्तिम लेखापरीक्षण गराउने र प्राप्त लेखापरीक्षण प्रतिक्रिया उपर आवश्यक कारवाही गर्ने ।

    लगानी सम्बन्धी

    • नेपाल सरकारबाट विभिन्न निकायमा भएको ऋण लगानीको लेखांकन तथा  प्रतिवेदन गर्ने,
    • ऋण लगानीबाट प्राप्त हुने ब्याजको गणना तथा प्राप्त ब्याजको लेखांकन तथा प्रतिवेदन  गर्ने,
    • ऋण लगानीबाट प्राप्त हुने साँवा फिर्ताको लेखांकन तथा प्रतिवेदन गर्ने,
    • नेपाल सरकारवाट विभिन्न निकायमा लगानी हुने शेयरको लेखांकन गर्ने,
    • शेयरको लाभांश प्राप्त गरी लेखांकन तथा प्रतिवेदन गर्ने ।
    • संस्थान तथा कम्पनीहरुको साधारण सभा तथा सञ्चालक समिति तथा आवश्यक अन्य प्रयोजनमा प्रतिनिधित्व गर्ने,
    • लगानी भएको रकमको भुक्तानी तालिका अद्यावधिक गरी तालिका अनुरूप फिर्ता प्राप्त गर्ने सम्बन्धी काम कारवाही गर्ने,
    • माथि उल्लेखित ऋण शेयर लगानी साँवा ब्याज लाभांश फिर्ताको लेखांकन तथा प्रतिबेदन गरि लेखा परीक्षण गराउने,
    • लगानीसँग सम्बन्धि मूल तथा सहायक सम्झौता, तमसुक तथा जमानतपत्रहरूको अभिलेख व्यवस्थापन र संरक्षण गर्ने,
    • नेपाल सरकारको जमानतमा उपलव्ध गराइएको ऋणमा ऋणीसँग जमानती कमिसन असूल उपर गर्ने तथा सो को लेखांकन गर्ने,
    • नेपाल सरकारको शेयर लगानी भएका संस्थानहरुको लेखा परीक्षण तथा अन्य वित्तीय कार्यसम्पादन सम्बन्धमा अनुगमन गर्ने,
    • नेपाल सरकारसँगको सम्झौताबमोजिम ऋण रकमको प्रयोग भए नभएको र समयमा ऋणको साँवा व्याज फिर्ता भए नभएको व्यहोरा अनुगमन गर्ने,
    • नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकार तथा ती सरकार मातहतका संस्थामा गरेको लगानीको हिसाब राख्ने र सम्बन्धित सरकारसँग सो सम्बन्धी हिसाब मिलानको कार्य गर्ने,
    • लगानी सम्बन्धी केन्द्रिय आर्थिक विवरण तयार गर्ने, महालेखा परीक्षककको कार्यालयमा पठाउने, लेखापरीक्षण गराउने र लेखा परीक्षणबाट प्राप्त सुझावहरू कार्यान्वयन गर्ने गराउने,
    • आन्तरिक तथा वैदेशिक ऋण, सरकारी लगानी सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रि कार्यक्रममा सहभागिता जनाउने ।