प्रणालीहरु (RMIS, SuTRA, IPFMS, FMIS) बन्द रहने सम्बन्धि सूचना।

यस कार्यालयको Data Center को Power Backup System स्थानान्तरण कार्य गर्नुपर्ने भएको हुँदा मिति २०८३।०२।१५ गते शुक्रबार दिनको ३:३० बजे देखि यस कार्यालयबाट सञ्चालनमा रहेका सम्पूर्ण प्रणालीहरु (RMIS, IPFMS, SuTRA, FMIS लगायत) न्युनतम ४(चार) घण्टादेखि अघिकतम १४(चौध) घण्टासम्म बन्द रहन सक्ने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौँ । तोकिएको अवधि अगावै कार्य सम्पन्न भएमा प्रणालीहरु सुचारु भए पश्चात सूचना मार्फत जानकारी गराइने छ । उक्त समयमा कुनै कार्यालय वा बैंकबाट माथि उल्लेखित प्रणालीमार्फत (विशेष गरी राजस्व सम्बन्धी) सेवा प्रदान नगरी नहुने भएमा सो को लागि वैकल्पिक तरिकाले सेवा प्रवाह गरी उक्त कार्यको तथ्यांकहरु सिस्टम सुचारु भएपश्चात सिस्टममा प्रविष्टि गर्ने व्यवस्था मिलाउनु हुन समेत अनुरोध गरिन्छ । यसबाट सेवाग्राहीहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौँ।