Important Notice

NepalFlag

A.D.:

Nepal Samvat: ११४५ वछलागा पारु - १६

Our mission

Our Vision Mission

क) परिकल्पना (Vision) : लेखा उत्तरदायी सार्वजनिक निकाय  अर्थात् - आर्थिक अनुशासन स्थापित हुनेछ, आन्तरिक नियन्त्रण प्रणाली स्वाचालित बन्नेछ, सार्वजनिक कोषको प्रयोग स्वच्छ, सक्षम र उपलब्धीमूलक भएको विश्वास विधायिका, कार्यपालिका र नागरिकलाई दिइनेछ र लेखा उत्तरदायी सार्वजनिक निकायका प्रभावले समष्टिगत आर्थिक स्थायित्व कायम भई भरोसायोग्य अर्थतन्त्रको निर्माण हुनेछ ।   ख) ध्येय (Mission) : सुशासनका लागि राजकीय कोष सञ्चालन  अर्थात् - राजकीय कोषको दक्षतापूर्ण उपयोगका लागि सार्वजनिक निकायमा बजेट तर्जुमा, लेखाङ्कन तथा प्रतिवेदन प्रणाली सञ्चालित हुनु पर्दछ, विश्वसनीय, पारदर्शी र समयवद्ध वित्तीय प्रतिवेदन पेस गर्नु पर्दछ, स्थापित प्रणालीहरूको निरन्तर स्तरोन्नती गरिनु पर्दछ र लेखाका मानदण्ड एवं प्रक्रियाहरू नागरिक सेवा र सन्तुष्टिमा सहयोगी बन्नु पर्दछ।   ग) मूल्य (Values) : देहायका मूल्यहरू कार्यालयको मार्गदर्शक ज्योति हुन्  इमान्दारी (Honesty) स्वच्छता (Fairness) वस्तुनिष्ठता (Objectivity) आर्थिक अनुशासन (Fiscal Discipline) पेसागत उत्कृष्टता (Professional excellence)