संगठन तथा व्यवस्थापन प्रतिवेदन २०८२ महालेखा नियन्त्रक कार्यालयको प्रमूख कार्यहरु :

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐन, नियम अन्य सार्वजनिक वित्तीय व्यवस्थापन सम्बद्ध कानुनहरूको अधिनमा रही नेपाल सरकारको आम्दानी, खर्च तथा सम्पत्ति दायित्वको लेखाङ्कन, हिसाब समायोजन एवं प्रतिवेदन गर्ने सम्बन्धमा महालेखा नियन्त्रक कार्यालयका कार्यहरु देहाय बमोजिम छन् ।

  • सङ्घीय सञ्चित कोषको सञ्चालन र व्यवस्थापन गर्ने,
  • तीनै तहको सरकारको एकीकृत वित्तीय विवरण तयारी गर्ने,
  • नेपाल सरकारको लेखाढाँचा स्वीकृत गराइ कार्यान्वयन गर्ने गराउने,
  • वैदेशिक स्रोतबाट भएको कारोबारको अभिलेख, हिसाब मिलान र प्रतिवेदन गर्ने,
  • सङ्घीय तहका कार्यालयहरुको आन्तरिक लेखापरीक्षण गर्ने,
  • प्रदेश तथा स्थानीय तहमा सङ्घीय सरकारबाट हुने वित्तीय हस्तान्तरणको हिसाव राख्ने,
  • सरकारको निवृत्तिभरण दायित्वको व्यवस्थापन गर्ने,
  • सरकारी सम्पत्तिको केन्द्रीय अभिलेख र प्रतिवेदन गर्ने,
  • आर्थिक प्रशासन सञ्चालन सम्बन्धी प्रणाली विकास र कार्यान्वयन गर्ने गराउने,
  • आर्थिक प्रशासन सञ्चालनमा संलग्न कर्मचारी प्रशासन सम्बन्धी कार्यहरु गर्ने,
  • सरकारी लेखाको मापदण्ड विकास र कार्यान्वयन गर्ने,
  • आन्तरिक नियन्त्रण प्रणाली विकास र कार्यान्वयन गर्ने,